दफा
निकासी भएको मालवस्तु पुन
पैठारी गरेमा महसुल लाग्ने: (१) कसैले नेपालमा उत्पादन वा तयार भई निकासी भएको मालवस्तु पुनः पैठारी गरेमा त्यस्ता मालवस्तुमा विदेशी मुलुकमा उत्पादन वा तयार भएका त्यस्तै प्रकारका वा त्यति नै मूल्यपर्ने मालवस्तु पैठारी गरे सरह महसुल लाग्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहाय बमोजिम फिर्ता आएको मालवस्तुमा भन्सार महसुल लाग्ने छैनः-

(क) हुलाक मार्फत पुलिन्दाबाट निकासी भई गएको तर सम्बन्धित व्यक्तिलाई बुझाउन नसकी फिर्ता आएको, वा

(ख) भन्सार कार्यालयबाट जाँचपास भइसकेपछि वा विदेशमा पुगिसकेपछि सम्बन्धित व्यक्तिले लिन अस्वीकार गरी फिर्ता आएको, वा

(ग) दुर्घटना वा प्राकृतिक प्रकोपमा परी गुणस्तर कायम रहन नसकी फिर्ता आएको ।

(३) उपदफा (१) बमोजिम फिर्ता आएको मालवस्तुको कच्चा पदार्थ र सहायक कच्चा पदार्थ पैठारी गर्दा महसुल नतिरी पैठारी भएको रहेछ भने त्यस्तो मालवस्तुको परिमाणमा लागेको कच्चा पदार्थ र सहायक कच्चा पदार्थको महसुल समेत असुल गरिनेछ ।